शुक्रबारदेखि पुन काठमाडौँबासीका घर–घरमा मेलम्चीको पानी

केन्द्रभाग मिडिया

काठमाडौं ।

शुक्रबारदेखि पुन काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ ।

मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर काठमाडौंको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।

मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा पानी आइपुगेको थियो । सुरुङ पूर्ण रुपमा नभरिएका कारण ३ दिन सुन्दरीजलको गेट थुनेर सुरुङमा पूर्णरुपमा पानी भर्ने काम भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

  • २० मंसिर २०७९, मंगलवार १५:४० प्रकाशित