‘एमालेले कसैलाई समर्थन गर्दैन, प्रतिपक्षमै बस्छ’: एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले आफुहरुमा सरकारमा नगई प्रतिपक्षमै बस्ने बताएको छ । अरूलाई समर्थन गरेर सरकार बनाउने, एमालेकै नेतृत्वमा सरकार बनाउने भनेर बाहिर आएका चर्चाप्रति कुनै सत्यता नरहेको भन्दै नेकपा एमालेका एक शीर्ष नेताले एमाले सरकारमा नजाने दावी गरेका छन् ।

एमालेका उपाध्यक्ष समेत रहेका नेता विष्णु पौडेल अहिले जनताले दिएको जनादेश एमाले सरकारमा जान नभएर प्रतिपक्षमा बस्न भएको बताउँछन् । ‘अहिले नेकपा एमाले सरकारमा जाँदैन, यसमा प्रस्ट भए हुन्छ कि एमाले प्रतिपक्षमा बस्छ’, उपाध्यक्ष पौडेलले भने, ‘एमालेलाई प्रतिपक्षमा बस्न भनेर जनमत आएको हो ।’

उनले एमाले सरकारमा जाने र सरकार बनाउन पहल समेत गरिरहेको भनेर गरिएका प्रचारबाजीमा सत्यता नरहेको स्पष्ट पारे । ‘हामीले त्यस्तो पहल पनि गरेका छनौँ र अहिले गर्दैनौ पनि । हामी अहिले बन्ने कुनैपनि सरकारमा जाँदैनौ, प्रतिपक्षमै बस्छौ’, उपाध्यक्ष पौडेलले भने, ‘प्रतिपक्षको भुमिका भनेको गुण दोषका आधारमा समर्थन र विरोध गर्ने नीति हो ।’

उनले कसैलाई समर्थन समेत नगर्ने स्पष्ट पारे ।

  • २० मंसिर २०७९, मंगलवार १४:१० प्रकाशित