पाँच दलीय गठबन्धनको बैठक सम्पन्न, गठबन्धनलाई निरन्तरता दिने निर्णय

केन्द्रभाग मिडिया

पोखरा ।

सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । गठबन्धनलाई निरन्तरता दिने दिने विषयमा स्भाविक निर्णय भएको नेकपा माओवादीका सचिव देव गुरुङले प्रतिक्रिया दिएका छन् । उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा पाँच दलको तर्फबाट धन्यवाद ज्ञापन गरिएको जानकारी दिए ।

‘गठबन्धनलाई निरन्तरता दिने स्वभाविक निर्णय भएको छ’, उनले भने, ‘बैठकमा चुनावको विषयमा प्रारम्भिक समीक्षा पनि सरसर्ती गर्ने काम गरियो । चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गरेकामा पाँच दलकै तर्फबाट निर्वाचन सम्पन्न गराउने सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, कर्मचारी, मतदाता र यस प्रक्रियामा साथ दिने सबैप्रति गठबन्धन बैठकले आभारसहित धन्यवाद दिएको छ ।’

महासचिव गुरुङले सरकारको नेतृत्व कसले गर्ने र सरकार गठन गर्ने विषयमा भने छलफल नभएको दाबी गरे । निर्वाचन प्रक्रिया सम्पन्न भएर सपथ नलिइकन यस विषयमा कुरा गर्नुको औचित्य नहुने उनको भनाई छ ।

  • १९ मंसिर २०७९, सोमबार १८:३२ प्रकाशित