प्रधानमन्त्री देउवाद्वारा कांग्रेस संस्थापक भट्टराईको शालिकमा माल्यार्पण

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित बाडेगाउँमा रहेको कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गरेका छन् ।

भट्टराई आश्रम बाँडेगाउँमा सोमबार आयोजित भागवत महापुराण यज्ञमा पुगेका देउवाले भट्टराईको शालिकमा माल्यार्पण गरेका हुन् । त्यस्तै, प्रधानमन्त्री देउवाले भट्टराई आश्रमको अवस्थाका बारेमा पनि जानकारी लिएका थिए । कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मजयन्तीका अवसरमा श्रीमद्भागवत महापुराण आयोजना गरिएको हो ।

  • १९ मंसिर २०७९, सोमबार १४:५१ प्रकाशित