पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज यस्तै डलर एकको खरिददर १२९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३० रुपैयाँ ४२ पैसा रहेको छ ।
युरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा रहेको छ ।पाउण्ड एकको खरिददर १५९रुपैयाँ १३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७० पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको छ ।