बाजुराबाट प्रदेश सभामा कांग्रेसका पदमबहादुर शाही निर्वाचित

केन्द्रभाग मिडिया

बाजुरा ।

बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे ।स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाए । ८३४ मत बदर भएको छ ।

  • १८ मंसिर २०७९, आईतवार ०८:५९ प्रकाशित