७ पुस देखि लेखनाथ महोत्सव

केन्द्रभाग मिडिया

पोखरा ।

लेखनाथ महोत्सवको १८ औँ संस्करण ७ पुस देखि सुरु हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्ने उक्त महोत्वस १८ पुससम्म संचालन हुने शनिबार अयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने नाराका साथ आयोजना गरिएको मेला पोखरा–२७ तालचोकमा हुने छ । संघका अध्यक्ष छत्रधर आत्रेयले निजी क्षेत्रमा आएको आर्थिक मन्दीलाई चलायमान गराउन महोत्सवले सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

कोरोना महामारी, विश्वव्यापी आर्थिक मन्दीले थला परेको देशको अर्थतन्त्रलाई चयालयमान बनाई यस क्षेत्रको आर्थिक गतिबिधी बढाउन, औधोगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, स्थानीय उत्पादन, लघु, धरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन,प्रविधि हस्तान्तरण, जातीय भेषभुष, कला, संस्कृती, रितिरिवाजको जगेर्ना गर्ने र पर्यटन बजारलाई टेवा पुर्याउने महोत्सवको उदेश्य रहेको छ ।

महोत्सवमा विशेष आर्कषकका रुपमा साहित्यीक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरिय कार्यक्रम, सास्कृतिक कार्यक्रम, आदीवासी जनजाती विशेष कार्यक्रम, जैविक विविधता , कृषि तथा पशुपालन प्रदर्शनी, सूचना प्रविधी प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, लोप हुन लागेका रितिरिवाज झल्कने तथा सास्कृती झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, विभिन्न जातजातीका झाकीँ तथा भेषभुषा, राष्ट्रिय लोक दोहोरी गीत, ख्याती प्राप्त कलाकारको प्रस्तती, बाल उद्यान, खाना महोत्सव र युवा लक्षित लाइभ म्युजिक कन्सट रहने महोत्सव प्रचार प्रचार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयूक्त आयोजनामा महोत्वस हुन लागेको हो । त्सका लागि विभिन्न उपसमिति गठबन भइ कार्य भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा ३३७ स्टल रहेने छन्, भने महोत्सवमा करिब २ लाख ५० दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । करिब १० करोड बरावरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ । महोत्सवबाट करिब ९५ लाख आम्दनी र ८५ लाख खर्च लाग्ने अनुमान गरेको छ ।

  • १७ मंसिर २०७९, शनिबार १४:२३ प्रकाशित