पोखरा ।
स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो अग्रता कायम राखेका छन् । उनले १८ हजार ७०९ मतसहित अग्रता कायम राखेका हुन् । उनका निकटतम प्रतिस्पर्धी
एमालेकी उम्मेदवार पद्मा अर्यालले १७ हजार ४३५ मत प्राप्त गरेकी छन् । अर्यालले अहिले मतान्तर घटाउँदै लगेकी छन् । उनी गुरुङ भन्दा एक हजार ३७४ मतले पछाडि छन् ।
रास्वपाका टिटिकराज गुरुङले ६ हजार ६०७ मत ल्याएका छन् । प्रदेश २(२)मा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता कायम राखेका छन् ।
उनले ७ हजार ६२ मतसहित अग्रता कायम राखेका हुन् । उनलाई कांग्रेसका ६ हजार ११६ मतसहित पछ्याइरहेका छन् । उनी श्रेष्ठ भन्दा ९४६ मतले पछाडि छन् ।













