काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले नेकपा माओवादी केन्द्रसँग आफ्नो पार्टीको एकता हुने समाचार निराधार भएको बताएका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका बीचमा एकता प्रक्रिया अगाडि बढाउन दुबै पार्टीका अध्यक्ष (प्रचण्ड र माधव नेपाल) बीच छलफल भइरहेको सार्वजनिक भइरहेका बेला महासचिव भुषाले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
महासचिव भुसालले माओवादी केन्द्रसँग पार्टी एकताबारे छलफल, वार्ता वा संवाद केही पनि प्रयास नभएको बताएका छन् । ‘नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पार्न चाहन्छौं । यो प्रचार पूर्णतस् निराधार हो । यसमा कुनै सत्यता छैन ।
हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ’ भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।













