स्याङ्जा २ मा झण्डै ४१ हजार मत गणना गर्दा कस्को मत कति ?

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ अहिलेसम्म ४० हजार ८४८ मत गणना भएको छ ।

जारी मत गणनामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो अग्रता कायम राखेका छन् ।

उनले १६ हजार ७३६ मत प्राप्त गरेका छन् । गुरुङका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्मा अर्यालले १५ हजार १६४ मत प्राप्त गरेकी छन् ।

अर्याल गुरुङ भन्दा १५७२ मतले पछाडि छन् । रास्वपाका टिकबहादुर गुरुङ्ले ६ हजार २६६ मत प्राप्त गरेका छन् ।

  • १६ मंसिर २०७९, शुक्रबार १८:४४ प्रकाशित