अधिकार सम्पन्न प्रतिष्ठान बनाउन अपाङ्ग महासंघको माग

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय अपाङग महासंघ नेपाल, गण्डकी प्रदेशले विविध कार्यक्रम गरेर अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तराष्ट्रिय दिवश मनाउने भएको छ । महासंघ गण्डकीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर दिवशमा मनाईने कार्यक्रम वारे जानकारी दिएको हो । हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवश मनाउने गरिन्छ ।

शुक्रबार पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रम गरेको महासंघले शिक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयसंग मिलेर शनिबार समारोहको मुल कार्यक्रम गर्न लागेको महासंगका अध्यक्ष खोमराज शर्माले जानकारी दिए ।

बिहान ९ बजे मानवअधिकार चोकबाट र्यालीसहित न्युरोड हुदैँ सभागृहमा पुगेर मुल समारोह हुने शर्माले बताए । शर्माले अपाङ्गता भएका व्यक्तीहरु राज्यको प्राथमिकतामा नपरेको गुनासो गरे । उनले प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तीहरुलाई फोकस गरेर अधिकार सम्पन्न प्रतिष्ठान बनाउनुपर्ने बताए ।

शक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय जमुना पौडेल कार्कीले अपाङ्गता भएका व्यक्तीहरुका समस्या समाधान गर्ने प्रयास भइरहेको बताइन् । उनले महासाखा अन्र्तगत सिमिति स्रोत साधन रहेको गुनासो गरिन् । जसको कारण चाहेर पनि अपाङ्गता भएका व्यक्तीहरुको लागि काम गर्न सक्ने अवस्था नरहेको उनको भनाई थियो ।

अपाङ्गता भएका व्यक्तीहरुलाई राज्यको नीति निर्माणको तहमा प्रतिनिधित्व गराउन राजीतिक दलहरु चिन्तित नभएको महासंघको गुनासो छ । नीतिगत रुपमा अपाङ्गता भएका व्यक्तीहरुको अधिकारलाई २०७४ सालमा ऐन मार्फत लिपिवद्ध गरिए पनि यसको प्रभावकारी कार्यान्वयन गर्न राज्य जिम्मेवार नभएको अध्यक्ष शर्माले बताए ।

  • १६ मंसिर २०७९, शुक्रबार १७:३८ प्रकाशित