साताको अन्तिम दिन कति छ डलरको भाउ (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै डलर एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३० रुपैयाँ २५ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५८ रुपैयाँ २१ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६५ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा रहेको छ ।

  • १६ मंसिर २०७९, शुक्रबार १०:४५ प्रकाशित