पोखरा ।
पोखारा । देशको तीन वटा निर्वाचन क्षेत्रमा मत गणना भइरहेको छ । प्राप्त जानकारी अनुसार तीन वटा निर्वाचन क्षेत्रमा भइरहेको गणना अनुसार दुई वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र एउटा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
स्याङ्जा २ मा नेकपाली कांग्रेसका उपभापति धनराज गुङरुले निरन्तर अग्रता कायम गरिरहेका छन् । उनले हालसम्म भएको मत गणनामा १२ हजार ९५१ मत प्राप्त गर्दै अग्रता कायम राखिरहँदा उनका प्रतिस्पिर्धी एमाले सचिव पद्मा अर्यालले १० हजार ६२५ मत प्राप्त गरेकी छन् । आर्याल गुरुङ भन्दा । २ हजार ३२४ मतले पछाडि छन् । रास्वपाका टिकराज गुरुङले ५ हजार ६७६ मत ल्याएका छन् ।
बजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायम राखेका छन् । उनले ४ हजार २ सय १४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका कर्ण बहादुर थापाले ३ हजार ६६ मत प्राप्त गरेका छन्।
दोलखामा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका गंगा कार्कीले २ हजार ३ सय ३९ मत प्राप्त गरेका छन् । उनी एमालेका बालकृष्ण शिवाकोटीभन्दा १४ सय मतले कार्की अगाडि छन् । शिवाकोटीले ९ सय ३२ मत प्राप्त गरेका छन् ।













