पोखरा ।
स्याङ्जा २ मा मत गणनाको सुरुमा एमालेकी सचिव पद्मा अर्यालले सुरुवातमा केही अग्रता लिएपनि त्यसपछि निरन्तर कांग्रेसका उपसभापति धनराज गुरुङले निरन्तर अग्रता लिइरहेका छन् ।
उनले १७ हजार ११५ मत गणना हुँदा ७ हजार ९०७ मत ल्याएका छन् । एमाले सचिव अर्यालले ५ हजार ८६३ मत ल्याएकी छन् । उनी धनराज भन्दा २ हजार ४४ मतले पछाडि छन् । रास्वपाका टिकराज गुरुङले २ हजार २८८ मत ल्याएका छन् । राप्रपाका लाल गोपाल अर्यालले १८० मत ल्याएका छन् ।
स्याङ्जा २(१)मा कांग्रेसका भोजराज आर्यालले ८ हजार ७१३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका मोहान रोग्मीले ६ हजार ६३६ मत ल्याएका छन् । रेग्मी अर्याल भन्दा २ हजार ७७ मतले पछाडि छन् ।
हालसम्म गल्याङको वडा नम्बर ५ र ६, भिरकोटको वडा नम्बर ५,६,७, ८ र ९ नम्बर वडाका साथै वालिङको १,२,५,६ र ७ नम्बर वडाको मत गणना भएको छ । स्याङ्जा २ मा ७० हजार १९१ मत खेसको हो ।













