माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष दाहाललाई भेट्न कांग्रेस सभापति खड्का बिहीबार दिउँसो दाहाल निवास खुमलटार पुगेका थिए ।

दुईजनाबीच निर्वाचनमा विजयी भएकोमा बधाई साटासाट र समसामयिक राजनीतिक विषयमा कुराकारी भएको खड्काको सचिवालयले जनाएको छ । वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने विषयमा सघन छलफल भइरहेका बेला प्रचण्ड र देउवाका विश्वासपात्र खड्काबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रचण्ड गोरखा–२ र खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

  • १५ मंसिर २०७९, बिहीबार १७:२७ प्रकाशित