पोखरा ।
गत ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा २ मा जारी मत गणनामा कांग्रेस उपसभापतिले अग्रता कायम गरिरहेका छन् ।
उनले ५ हजार ९७६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सचिव पद्मा अर्यालले ४ हजार ५०३ मत प्राप्त गरेकी छन् । उनी गुरुङ भन्दा १४७३ मतले पछाडि छन् । रास्वपाका टिकराज गुरुङले १६२५ मत ल्याएका छन् ।
यता प्रदेशसभा सदस्य (२) तर्फ कांग्रेसका भोजराज अर्यालले ६ हजार ४७० मत ल्याउँदा एमालेका मोहन रोग्मीले ५ हजार ९६ मत प्राप्त गरेका छन् ।













