सुनसरी ४ मा सञ्चारमन्त्री कार्की विजयी: भने, ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुनसरीमा ४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । एमालेका उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतले हराउँदै विजयी भएका हुन् ।

कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए ।
विजयी भएपछि पत्रकारसँग कुरा गर्दै कार्कीले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन् ।उनले मतदाताले आफूमाथि विश्वास गरेका धन्यवाद दिए ।

  • १५ मंसिर २०७९, बिहीबार १४:५२ प्रकाशित