विराटनगर।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काठमाडौं पुगेर गगन थापालाई संसदीय दलको नेता बनाउनेबारे छलफल गर्ने बताएका छन् ।
कोइरालाले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गगन थापाले संसदीय दलको नेता बन्न गरेको प्रयत्नबारे आफूले काठमाडौं फर्केपछि सल्लाह गर्ने र निश्कर्षमा पुग्ने बताएका हुन् ।
कोइरालाले अबको सत्ता गठबन्धनमा पनि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी रहने बताउदै केही थपिनु परे थपिने उनले बताए ।
गगन थापाले निर्वाचनअघि नै आफूले निर्वाचन जितेर गएपछि संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने र प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने यस पहिलेनै बताइसकेका छन्। थापाबाहेक काँग्रेसमा आधा दर्जन नेताहरुले पनि आफूलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन्।













