राष्ट्रिय औद्योगिक व्यापार मेला भोलिबाट

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघले बर्षेनी आयोजना गर्ने राष्ट्रिय औद्यागिक व्यापार मेला भोलिबाट पोखरामा सुरु हुँदै छ । गएको २ वर्षसम्म कोरोना कहरका कारण हुन नसकेको मेला भोलिबाट सुरु हुन लागेको हो । पोखरा उद्योग वाणिज्य संघले कोरोनाले थलिएको व्यापार व्यवसायलाई केहीहदसम्म राहत हुने अपेक्षा सहित सुरु हुने मेला २५ गतेसम्म चल्ने छ।

पोखराकै जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघले कोरोनाकालमा दुई वर्ष व्यापार मेलालाई स्थगित गर्यो। सबै क्षेत्र ठप्प प्राय रहदाँ व्यापार व्यवसाय समेत प्रभावित हुन पुग्यो । त्यही प्रभावित व्यवसायलाई फेरी उकास्ने प्रयासस्वरुप औद्योगिक व्यापार मेला आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं संयोजक पवनकुमार प्रजापतिले जानकारी दिए ।

नेपालको निजी क्षेत्रको इतिहासमै पहिलो पटक संस्थागत रुपमा मेला र महोत्सव आयोजनाको परम्परा शुरु गरेपछि त्यसको अन्य संघहरुले पनि अनुशरण गरेका छन् । २०४२ सालको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा २०५२ सालमा आयोजित पोखरा महोत्सवपछि नै देशभर उद्योग वाणिज्य संघहरुले मेला र महोत्सव आयोजना गर्न थालेका थिए। पोखरा उद्योग वाणिज्य संघको वार्षिक कार्यक्रम भएपनि कोरोनाकै कारण राष्ट्रिय औद्योगिक व्यापार मेलाका २ संस्करणहरु सम्भव नभएको समेत संघले उल्लेख गरेको छ ।

‘कोभिडको त्रास हटेको छ । जनजीवन लयमा फर्के पनि उद्योग/व्यवसायले गति समाइसकेको अबस्था छैन । निजी क्षेत्रको विकासको लागि निजी क्षेत्रनै अग्रसर हुनुपर्ने मन्यतासहित राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ आयोजना गएिस्को पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले प्रष्टाए।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, पोखरा महानगरपालिकाको सहयोग एवम् नेपालकै प्रतिसष्ठत ब्यबसायिक घराना लक्ष्मी हाउसको मुख्य प्रायोजनमा ‘लगानीको सम्बर्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने उद्घोषसहित आयोजना हुने मेलामा विभिन्न प्रकारका २५० स्टल रहनेछन् ।

डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी करिब २५० स्टल रहनेछन् । मेलाको सबै तयारी पुरा भएको मेला आयोजना स्थल पोखरा प्रदर्शनी केन्द्रमा बुधबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।
पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्धेश्यले मेलाको आयोजना गरिएको हो।

लगानीको सम्वद्र्धनः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप नै मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यमा समर्पित रहेको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ।

मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् । मेलाको थप आकर्षणतर्फ सांस्कृतिक कार्यक्रम पनि समावेश छ । टिकट काटेका दर्शकको निशुल्क स्वास्थ्य परीक्षण पनि मेलामै गर्न पाइने अध्यक्ष प्रजापतिले जानकारी दिए ।

मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा छुटको उपलब्ध गराईने छ । मेलाबाट अनुमानित आम्दानी १ करोडमा अनुमानित खर्च ८५ लाख अनुमान छ । १५ लाख बचतको आशा संघले गरेको छ ।

यसअघि यस समाचारमा भोलिबाट हुनुपर्नेमा आज हुन गएकोमा सच्चाइएको छ ।

  • १५ मंसिर २०७९, बिहीबार ०७:५३ प्रकाशित