पोखरा ।
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा आज पुन : निर्वाचन हुँदै छ।
दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो । सोही निर्णयका पछि आज मतदान हुन लागेको हो ।
नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले पुनः मतदान गराउने निर्णय लिएको थियो ।
दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो । दोलखाका १० वटा केन्द्रमा बुथ कब्जा, फेरि मतदान गराउने आयोगको निर्णय ४ मंसिरको चुनावमा वैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका ७ वटा मतदान केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो ।













