विश्वकप तयारीमा पाँच सय कामदारको ज्यान गएको कतारको स्वीकारोक्ति

केन्द्रभाग मिडिया

फिफा विश्वकप फुटबलको तयारीमा चार सयदेखि पाँच सय कामदारको ज्यान गएको कतारले स्वीकार गरेको छ । ज्यान गुमाउनेहरु विभिन्न देशबाट रोजगारीका लागि कतार पुगेका मजदुरहरु हुन् ।

कतारले श्रमिकको मृत्युको संख्या तोकेरै सार्वजनिक गरेको यो पहिलो पटक हो । अङ्ग्रेजी पत्रिका ‘बिजनेश स्ट्यान्डर्ड’मा प्रकाशित समाचारका अनुसार कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तरवार्तामा यो संख्यात्मक मृत्युको स्वीकार गरेका हुन्।

‘यो सङ्ख्या चार सयदेखि पाँच सयको बीचमा छ,‘उनले भनेका छन् ,‘मसँग यकिन सङ्ख्या छैन, तर एक जनाले ज्यान गुमाउनु पनि धेरै दुखद पक्ष हो ।’

विश्वकपका लागि कतारले ८ वटा रंगशाला निर्माण गरेको छ ।

  • १४ मंसिर २०७९, बुधबार १५:२३ प्रकाशित