स्याङ्जा २ र बाजुरामा अब मतगणना हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

विवादका कारण मतगण्ना हुन नसकेको स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ ।आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘ बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको छ।’नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।

  • १४ मंसिर २०७९, बुधबार १४:४३ प्रकाशित