उदयपुर १ मा परराष्ट्रमन्त्री नारायण खड्का चौथो पटक निर्वाचित

केन्द्रभाग मिडिया

काठमाडौं ।

उदयपुर १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री नारायण खड्का विययी भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्का चौथो पटक निर्वाचित भएका हुन् ।

खड्काले ३१ हजार २७० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छिन् । उदयपुर १ बाट खड्का २०६४, ०७० र ०७४ मा निर्वाचित भएका थिए ।

  • १४ मंसिर २०७९, बुधबार ०८:५० प्रकाशित