अब्बल उद्यमी तिलोत्तमालाई उद्यम नेतृत्व तथा व्यवस्थापन प्रशिक्षण

केन्द्रभाग मिडिया

रुपन्देही ।
उद्यमशिल तिलोत्तमा निर्माणको उद्देश्यले तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा आयोजना गरिएको नगरप्रमुख दायित्व ग्रामीण उद्यम दु्रतीकरण कार्यक्रम अन्गर्तगत छनोट भएका अब्बल ११ उद्यमी, तिलोत्तमाको उद्यम नेतृत्व तथा व्यवस्थापन क्षमता अभिवृद्धिको उद्देश्यले सञ्चालित तीन दिने नेतृत्व विकास तथा उद्यम व्यवस्थापन प्रशिक्षण सम्पन्न भएको छ ।

उद्यम क्षेत्रको दीगो विकासका लागि उद्यम मात्र नभएर उद्यमीहरु सोंच, श्रोत, सञ्जाल, सरकार आदिबाट पनि सबल हुनु पर्छ भन्ने उद्देश्यले आयोजित प्रशिक्षण कार्यक्रममा उद्यम नेतृत्व सीप, उद्यम व्यवस्थापन विधि तथा उद्यम प्रबद्र्धन सीपबारे शिक्षण गरिएको थियो ।

नेतृत्व र उद्यमबारे दायित्वका अध्यक्ष डा. पुकार मल्लबाट सहजीकरण गरेका थिए ।  प्राविधिक चुनौती र अनुकुलनीय चुनौती सन्दर्भमा दायित्वका कार्यक्रम प्रबन्धक कमल थापाले तथा दायित्वका रिप परियोजनाका वरिष्ठ कार्यक्रम संयोजक संजय पोखरेलले उद्यम र उद्यमीको प्रबद्र्धन क्षमता र सृजनात्मक सीपबारे तथा व्यावसायिक योजना तर्जुमाबारे राष्ट्रिय उद्यम महासंघका केन्द्रीय उपाध्यक्ष शान्ता वि.क.ले सहजीकरण गरेकी थिइन् ।

यस कार्यक्रम पश्चात उद्यमीहरुले विभिन्न सरोकारवालाहरुसँग सिकाई संस्पे्रषण, संवाद र अन्र्तक्रिया जस्ता कार्यक्रम गर्नुपर्नेछ । जस अन्र्तगत समुदायसँग उद्यमी, युवासँग उद्यमी, सरकारसँग उद्यमी, सञ्चारकर्मीसँग उद्यमीसँग उद्यमी यस कार्यक्रमका दौरान गर्ने कार्यक्रम का वरिष्ठ संयोजक पाखरेलले बताए ।

तिलोत्तमा नगरपालिका अन्तर्गत प्राप्त ८५ आवेदनहरुबाट संभावित ४० उद्यमी, सबल २० उद्यमी हँदै अब्बल ११ उद्यमी छनोट भएको हो । अन्तिम ११ उद्यमीहरु मध्ये उत्कृष्ट हुन सफल उद्यमीले १ लाख, दोस्रो हुनेले ३५ हजार र बाँकी ९ अब्बल उद्यमीहरुले १०/१० हजार रुपियाँ बीजकोष तथा सम्मान पत्र प्राप्त गर्नेछन् । जसको लागि सरकार र वृहत सरोकारवालाहरुको उपस्थितिमा उद्यम योजना तथा लगानी प्रस्तुती कार्यक्रम आयोजना गरिनेछ । यस कार्यक्रमबाट अब्बल हुन सफल उद्यमीहरुले स्थानीय सरकारको उद्यम कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने अवसर पाउने दायित्वका कार्यक्रम प्रबन्धक कमल थापाले बताए ।

  • १३ मंसिर २०७९, मंगलवार १७:५७ प्रकाशित