सुनसरी–४ मा ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

केन्द्रभाग मिडिया

सुनसरी ।
सुनसरी–४ मा नेपाली काग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाउनुभएको छ । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएको थियो ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याउनुभएको छ भने एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याउनुभएको छ ।

दुईबीच १३६ मतको अन्तर छ ।

  • १३ मंसिर २०७९, मंगलवार १७:४३ प्रकाशित