लायन्स क्लब अफ पोखरा ब्युटी सिटि र टुरिजम सिटिद्धारा निःशुल्क मधुमेह परिक्षण

केन्द्रभाग मिडिया

पोखरा ।

लायन्स क्लब अफ पोखरा ब्युटी सिटि र लायन्स क्लब अफ पोखरा टुरिजम सिटिको संयुक्त आयोजनामा आज निशुल्क मधुमेहको परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

रिजन चियर पर्सन निरज पन्तको प्राविधिक सहयोगमा न्यूरोडको एस एण्ड एस कम्प्लेक्समा ११४ जनाको मधुमेहको परिक्षण गरिएको व्यूटि सिटिका अध्यक्ष सवि शेरचनले जानकारी दिए ।

उनले पछिल्लो समय मानिसको व्यस्त जीवनशैलीका कारण स्वास्थ्य प्रतिको चासो कम हुन थालेको जनाउँदै बेला बेला यस्ता निशुल्क स्वास्थ्य शिविरल स्वास्थ्य प्रति सजक गराउँदै निरोगी हुन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

लायन किसन गिरीले मानवसेवामा निरन्तर क्रियाशिल सामाजिक संस्था लायन्स क्लबले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिदै निशुल्क मधुमेह परिक्षण धेरै जना लाभान्वित भएको बताए।

कार्यक्रमा लायन बिमला श्रेष्ठ, निवर्तमान अध्यक्ष लायन बिष्णु आचार्य ,संस्थापक अध्यक्ष तथा स्पेशलिष्ट चिफ लायन चिनु गुरूङ , डिष्टिक चिफ तथा पूर्व अध्यक्ष लायन नबिना श्रेष्ठ , रिजन चियर पर्सन लायन शिला अधिकारी र जोन चियर पर्सन लायन महेश श्रेष्ठ लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक तथा डिष्ट्रिक्ट अफिसर लायन मिना प्रधानले जानकारी दिए। कार्यक्रमलाई युएबि फर्माका जितेन्द्र कुशवाहले सहयोग गरेका थिए ।

  • १३ मंसिर २०७९, मंगलवार १६:५६ प्रकाशित