इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट औषधि विक्री नगर्न निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री वितरण नगर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो ।

विश्व स्वास्थ्य संगठनले जाम्बिया तथा इन्डोनेसिया लगायतका देशमा इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएको औषधि खाँदा धेरै बालबालिकाको मृत्यु भएको थियो ।

विश्वस्वास्थ्य संगठनको रिर्पोटमा उक्त विषाक्त रसायनयुक्त मिसावटका कारण बालबालिकाको मिर्गौलामा गम्भीर प्रतिअसर दुष्प्रभाव भई मृत्यु भएको दावी गरिएको छ ।

  • १३ मंसिर २०७९, मंगलवार १६:०७ प्रकाशित