सुकुम्वासी हटाउने अभियानबाट पछि हट्यो काठमाडौं नगरपालिका

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुकुम्वासी बस्ती हटाउने अभियानबाट काठमाडौं महानगरपालिका तत्कालका लागि पछि हटेको छ ।

सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा हटाउन पुगेको काठमाडौंं महानगरपालिको नगर प्रहरीमाथि सुकुम्बासीले ढुंगामुढा गरेपछि केही नगरप्रहरी प्रमुखसहित अन्य केही घाईते भएका थिए । सो झडपमा परि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका थिए ।

सुकुम्वासीहरूले खुकुरी लगायतका घरेलु हतियार बोकेर आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो । आज सुकुम्वासी बस्ती हटाउन जाने कुनै योजना नरहेको काठमाडौंका नगर प्रहरी पाण्डेले जानकारी दिए । उनले नगर प्रहरीमाथि आक्रमण हुँदा समेत प्रहरी प्रशासन मूकदर्शक भएको आरोप लगाउँदै आक्रमण गर्ने विरुद्ध जाहेरी दिँदा समेत पक्राउ नगरेको बताए ।

  • १३ मंसिर २०७९, मंगलवार १३:४८ प्रकाशित