काठमाडौंको सुकुम्वासी वस्तीमा झडप , नगर प्रहरी प्रमुख घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीका घर टहरा हटाउने क्रममा झडप भएको छ ।

महानगरका अधिकारीहरू डोजरसहित बस्तीमा पुगेपछि स्थानीयले प्रतिकार गरेका थिए । त्यस क्रममा झडप हुँदा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित घाइते भएका छन् ।

स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएका हुन् । घाइते प्रमुख पाण्डेको नर्भिक अस्पतालमा लगेर टाउकोमा ६ टाँका लगाइएको छ ।

  • १२ मंसिर २०७९, सोमबार १७:०४ प्रकाशित