सुनसरी १ मा जसपाका अशोक राई विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।​ निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका हुन् ।

राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो हुँदा राप्रपाका अशोककुमार राईले सात हजार ८८४ पाए ।

  • १२ मंसिर २०७९, सोमबार ०९:२२ प्रकाशित