परराष्ट्रमन्त्री खड्काको क्षेत्रमा प्रदेशको मत संघमा भेटियो, २४ घण्टादेखि गणना स्थगित

केन्द्रभाग मिडिया

उदयपुर ।

उदयपुर क्षेत्र नम्बर १ मा प्रदेशको मत संघमा भेटिएपछि २४ घण्टादेखि मतगणना रोकिएको छ ।

प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका सयभन्दा बढी मतपत्र भेटिएपछि हिजो(आइतबार) बिहानदेखि मतगणना रोकिएको छ। सत्तागठबन्धनका घटक माओवादी र कांग्रेसबाहेकका दलले पुनस् मतदानको माग गरेका छन् ।

नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनस् मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार परराष्ट्रमन्त्री नारायण खड्का र एमालेबाट मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ ।

अर्को चरणको वार्ताका लागि उम्मेदवार र दलका प्रतिनिधिसमेत साँझ ७ बजे बैठक तय गरिएकोमा एमाले, राप्रपालगायतका दल र उम्मेदवारले पुनस् मतदानको माग गर्दै निवेदन दिएका छन् ।

  • १२ मंसिर २०७९, सोमबार ०८:५९ प्रकाशित