झलनाथ खनाल पराजित हुने निश्चित

केन्द्रभाग मिडिया

File Photo

इलाम।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजयनजिक पुग्नुभएको छ ।

इलाम क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २५ सय मतले पछाडि परेका छन्। इलाम १ मा सातौंपटक उम्मेदवार बन्नुभएका खनालले यसपटक आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँगको प्रतिस्पर्धामा सुरूदेखि नै पछि परेका हुन् ।

पछिल्लो गणनाअनुसार बस्नेत २४ हजार ३०४ मतसहित अग्रस्थानमा रहदा खनाल २१ हजार ८०२ मतका साथ पछ्याइरहेका छन् । कुल ५९ हजार ९०६ मत खसेकोमा अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ । खनाल २५ सय मतले पछाडि परेकाले अब ३ हजार जति गन्न बाँकी मतबाट उनले जित निकाल्न असम्भव हुनेछ ।

धाधली भएको भन्दै खनालले पुनः मतदानको माग गरेका छन् ।

  • ११ मंसिर २०७९, आईतवार १४:४३ प्रकाशित