तीन मतले हारे एमाले उम्मेदवार लामा

केन्द्रभाग मिडिया

काठमाडौं ।
काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर लामा मात्र तीन मतले पराजित भएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार तिर्थबहादुर लामाले पराजित गरेका हुन् ।

चन्द्रबहादुरले १९ हजार २७७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका तिर्थबहादुरले १९ हजार २८० मत प्राप्त गरे ।

  • ११ मंसिर २०७९, आईतवार ११:५६ प्रकाशित