सुवास नेम्वाङ पछि परे, कांग्रेसका खड्का ३१६ मतले अगाडि

केन्द्रभाग मिडिया

काठमाडौं । इलाम–१ मा एमाले र कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिष्पर्धा भैरहेको छ ।

पछिल्लो मतगणनाको परिणामअनुसार एमालेका उम्मेदवार सुवास नेम्वाङ पछि परेका छन् । उनी कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग ३१६ मतले पछि परेका हुन् ।

खड्काले २८७८६ मत ल्याउँदा नेम्वाङले २८४७० मत ल्याएका छन्। प्रारम्भिक मतपरिणामदेखि नै यहाँ नेम्वाङ र खड्काबीच उछिनपाछिन चलिरहेको छ ।

 

  • १० मंसिर २०७९, शनिबार १४:०२ प्रकाशित