तम्घास ।
गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।
मतपरिणामअनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् ।













