काभ्रेबाट गोकुल बास्कोटा निर्वाचित

केन्द्रभाग मिडिया

काभ्रे ।

काभ्रे – २ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरे ।

बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए । यसअघि २०७४ सालमा पनि यस क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए ।

  • ९ मंसिर २०७९, शुक्रबार १२:४९ प्रकाशित