नागरिक समाले बुझायो गण्डकी सरकारलाई ७ बुँदे ध्यानाकर्षण पत्र

केन्द्रभाग मिडिया

पोखरा ।

नागरिक समाज कास्कीले सामाजिक विषयबस्तुालाई समेटेर गण्डकी प्रदेशका प्रमुख सचिवलाई ७ बुँदे ध्यानाकर्षण पात्र बुझाएको छ । मंगलबार प्रमुख सचिवको कार्यकक्षमा पुगेको नगारिक प्रतिनिधिमण्डलले सचिव रविलाल पन्थलाई ध्यानाकर्षण पत्र बुझाएको नागरिक अगुवा राम बहादुर पौडेलले जानकारी दिए ।

१) मृगौला पीडितका लागि डायलसिस सेवा सहजीकरण

२) फेवातालको चारकिल्ला सीमाङ्कन, मुआब्जा रकम व्यवस्थापन, मापदण्ड बाहिरका रोक्का जग्गा फुकुवा

३) पोखराको राष्ट्रबैंक चोकदेखि सृजना चोक हुँदै बगाले टोलसम्मका ऐतिहासिक बरपिपलका चौतारी विस्थापन गरेर सडक
चौडा गर्ने योजना खारेजी सम्बन्धमा

४) फिर्केखोलामा भइरहेको व्यापक अतिक्रमण रोक्न २०३२ कोनापी नक्सा बमोजिम उच्चस्तरीय छानबिन समिति गठन गर्ने
बारेमा

५) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई निर्धारितसमयतालिका अनुसार सञ्चालनमा ल्याउने बारेमा देखापर्ने बाधाअड्चनहरुको सहजीकरण गर्ने बारेमा

६) सार्वजनिक विदा र कनर्यालय समय बाहेकको समयमा सरकारी सवारीसाधनको दुरुपयोग रोक्न

७) ४० माइक्रोन भन्दा कमसल प्लास्टिकजन्य झोला लगायतका सामग्री उत्पादन, ओसारपसार तथा विक्रीवितरणमा रोक
लगाउन

  • ८ मंसिर २०७९, बिहीबार १४:२३ प्रकाशित