पोखरा ।
कास्की क्षेत्रनम्बर २ बाट निर्वाचित नेकपा एमाले नेतृ विद्या भट्टराईले यस क्षेत्रका जनताको सद्भाव, माया र विश्वासले जितेको बताएकी छन् । यो जित व्यक्तीको भन्दा पनि जनताले गरेको आशा र अपेक्ष रहेको भट्टराईले बताइन् ।
प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भए पछि बोल्दै भट्टराईले यस क्षेत्रको विकासमा आफु निरन्तर लागिरहने बताईन् । विकास निर्माणका कामलाई समयमा पूर्णता दिन सरकारलाई जवाफदेखी र जिम्मेवार बनाउने हो, त्यो कुरामा आफु लागिरहेने भट्टराईले बताइन् ।
विकासको भिजन दिने हो, पोखराको विकास, कास्कीको विकास मात्र हैन देशको विकास कस्तो हुनुपर्छ भन्नेमा मोडल दिने हाम्रो काम हो, सरकारलाई त्यो काम कार्यान्वयन गर्न हाम्रो तत्परता हुनुपर्छ भन्ने मलाई लाग्छ, त्यो कुरा मैले गरिरहेको छु ।













