माओवादीबाट गण्डकी प्रदेशको मुख्यमन्त्रीका दाबेदार हरिबहादुर चुमान विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
तनहुँ १ (२) मा माओवादी उम्मेदवार हरिबहादुर चुमान विजयी भएका छन् । चुमानले एमाले उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गदैँ गण्डकी प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

चुमनले १३ हजार २ सय ७१ मत प्राप्त गरे । एमाले गुरुङले १० हजार ४ सय ९८ मत ल्याएका छन् ।

चुमान माओवादीबाट गण्डकी प्रदेशका शिर्ष नेता मध्यका हुन् । उनी गण्डकी प्रदेशमा माओवादीबाट मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।

  • ८ मंसिर २०७९, बिहीबार १३:०० प्रकाशित