पोखरा ।
कास्की क्षेत्रनम्बर २ (२)बाट निर्वाचित विन्दु कुमार थापाले मुख्यमन्त्रीमा दावी गर्ने बताएका छन् । निर्वाचित भए पछि मंगलवार थापाले मतगणना स्थल वाहिर संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै आफु मुख्यमन्त्रीका लागि सक्षम रहेको बताए ।
पार्टीले विश्वास गरेर संसदीय दलको नेता बनाएमा म त्यो भूमिका निर्वाह गर्न पनि तयार छु, थापाले भने, पार्टीको जिम्मेवार बफादार सिपाई भएकाले पार्टीले जुन ठाउमा राख्छ म त्यसका लागि तयार हुनुपर्छ ।
गोर्खाबाट निर्वाचित सुरेन्द्र पाण्डे मुख्यमन्त्रीमा दावी गरेका छन् भन्ने प्रश्नमा थापाले पाण्डेसंग पनि सामान्य टेलिफोन संवाद भएको थापाले बताए । निर्वाचित भए पछि पाण्डेले टेलिफोन गरेर मिलेर जानुपर्छ भन्ने धारण राखेको थापाले बताए ।
गण्डकीमा कांग्रेस ठुलो पार्टी बन्ने निश्चित भएको छ । कांग्रेसको एक्लै बहुमत भने नपुग्ने भएको छ ।













