पोखरा ।
यही मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। यससंगै निर्वाचन आयोगले समानुपातिकतर्फ कुन दलले कति मत ल्याए भन्ने तथ्यांक पनि सार्वजनिक गरिरहेको छ।
आज (बिहीबार) बिहान ७ ः २३ सम्मको परिणामअनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले आफ्नो अग्रता कायमै राखेको छ। आयोगका अनुसार अहिलेसम्म एमालेले ४ लाख ७० हजार ३ सय ५२ समानुपातिक मत ल्याएको छ।
दोस्रोमा नेपाली कांग्रेसले ४ लाख ३३ हजार ५ सय २८ मत ल्याएको छ भने २ लाख ४२ हजार ८ सय ५० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ।
यस्तै चौथो स्थानमा रहँदै नेकपा माओवादी केन्द्रले अहिलेसम्म २ लाख २ हजार ५५ समानुपातिक मत ल्याएको छ। यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख २७ हजार ४ सय ५६ मतका साथ पाँचौं स्थानमा छ।
जनता समाजवादी पार्टी, नेपालले ५८ हजार ४६८, नेपाल मजदुर किसान पार्टी, ४४ हजार ९४०, नागरिक उन्मुक्ति पार्टीले ३२ हजार २६४, जनमत पार्टीले ३० हजार ०४९, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले २९ हजार १७८ र अन्य तर्फ एक लाख दुई हजार ३२२ मत ल्याएको निर्वाचन आयोगले जानकारी दिएको छ ।













