स्याङ्जा- १ मा मत अन्तर बढाउँदै कांग्रेसका राजु थापा

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की १ मा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका राजु थापाले आफ्नो अग्रतालाई बढाएका छन् ।

विहिबार विहानसम्मको मतगणना अनुसार ३० हजार ७९३ मत गणना गर्दा उनले १७ हजार ५९८ मत ल्याएर अग्रता बढाएका हुन् । उनले प्रतिस्पर्धी एमालेका नारायण प्रसाद मरासिनीलाई दुई हजार ८७६ मतले पछाडि पारेका छन् ।  एमाले उम्मेदवार मरासिनीले १४ हजार ७२२ मत ल्याएका छन् ।

प्रदेशसभा सदस्य तर्फ स्याङ्जा १ (२) मा पनि कांग्रेसले नै अग्रता कायम राखेको छ । कांग्रेसका कुमार रानाले दुई हजार १७९ मतसहित अग्रता कायम राखेका हुन् । उनका प्रतिस्पर्धी एमालेका सुधीर कुमार पौडेलले एक हजार ६४१ मत ल्याएका छन् ।

  • ८ मंसिर २०७९, बिहीबार ०७:५६ प्रकाशित