पर्वतबाट एमालेका पदम गिरी प्रतिनिधिसभा सदस्य विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी विजयी भएका छन् । कांग्रेस नेता अर्जुन जोशीलाई दोस्रो पटक पराजित गर्दै उनले दोस्रो पटक संसद छिर्ने बाटो खोलेका हुन् ।

एमालेका गिरीले २९ हजार ८७२ मत मत ल्याउँदै जोशीसंग दुई हजार २६३ मत अन्तरले विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी कांग्रेस नेता अर्जुन जोशीले २७ हजार ६०९ मत ल्याए ।

  • ८ मंसिर २०७९, बिहीबार ०७:३१ प्रकाशित