कास्की २ (२) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका विन्दु थापा विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की क्षेत्र न २(२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका विन्दुकुमार थापा निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री समेत रहेका उनले एमालेकी उम्मेदवार मिना गुरुङलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले ९ हजार २७९ मत ल्याएर गुरुङलाई एक हजार ३१० मत अन्तरले पराजित गरेका हुन् । एमालेकी उम्मेदवार गुरुङले ७ हजार ९६९ मत ल्याइन् ।

राप्रपाका उम्मेदवार अरुण गिरीले ३९०२ मत प्राप्त गरे ।

  • ८ मंसिर २०७९, बिहीबार ०७:०७ प्रकाशित