कास्की २ बाट एमालेकी विद्या भट्टराई विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की २ मा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । उनले १६ हजार ९९८ मत ल्याउँदै दोस्रो पटक संसदको यात्रा तय गरेकी हुन् ।

भट्टराईले आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेललाई चार हजार ५०५ मत अन्तरले पराजित गरेकी हुन् ।

कंडेलले १२ हजार ४९४ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले ९ हजार ६६१ मत प्राप्त गरे ।

  • ८ मंसिर २०७९, बिहीबार ०६:३४ प्रकाशित