पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार उनी २६ हजार १०१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत प्राप्त गरे ।
नेकपा एमालेका अब्दुस सलाम मिया तेस्रो स्थानमा सीमित भए । उनले ७ हजार ३१२ मत प्राप्त गरे । निर्वाचन कार्यलयले यसको औपचारिक घोषणा भने गर्न बाँकी छ।













