पोखरा ।
लमजुङमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्नो अग्रतालाई फराकिलो पार्दै लगेका छन् ।
उनले ६१ हजार १०६ मत गणना गर्दा २६ हजार २२८ मत प्राप्त गर्दै अग्रतालाई फराकिलो पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धि माओवादी केन्द्रका महाचिव देव गुरुङले २४ हजार ७०९ मत प्राप्त गरेका छन् । उनी एमालेका पृथ्वी सुब्बा गुरुङ भन्दा एक हजार ५२० मतले पछाडि परेका छन् ।
लमजुङको प्रतिनिधि सभा सदस्यमा रास्वपाका धर्मराज केसी ६ हजार ५०८, मंगोल नेश्नल अर्गनाइजेशनका विकास गुरुङले ४२१, राप्रपाका बालचन्द्र श्रेष्ठ १०१८ र जसपाका नरेन्द्रबहादुर गुरुङले १२० मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारले तीन अंक भन्दा तल मत प्राप्त गरेका छन् ।













