काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् ।

खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् ।यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।

  • ७ मंसिर २०७९, बुधबार १५:४७ प्रकाशित