कास्की २ (२)मा कांग्रेसका बिन्दुकुमार थापाले मत बढाउँदै

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की निर्वाचन क्षेत्र नं २(२) मा कांग्रेसका बिन्दुकुमार थापाले अग्रता लिएका छन् ।

थापाले २ हजार ५२१ मत सहित अग्रता लिइरहेका छन् । एमालेकी उम्मेदवार मिना गुरुङले १५ सय ५१ मतसहित थापालाई पछ्याइरहेकी छिन् भने राप्रपाका अरुण गिरी तेस्रो स्थानमा रहेका छन् । अरुणको १२ सय ९० मत रहेको छ।

 

  • ७ मंसिर २०७९, बुधबार १४:२५ प्रकाशित