गण्डकीको मुख्यमन्त्री दाबेदार सुरेन्द्र पाण्डे गोरखा २(२) मा विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका दाबेदार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे फराकिलो मतान्तरले विजयी भएका छन् ।

गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (२) मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पाण्डे १६ हजार ८८२ मत सहित विजयी भएका हुन् ।

भएका पाण्डेका प्रतिस्पर्धी नेकपा एमालेका वसन्त गुरुङले ५ हजार ३६० मत ल्याए।त्यहाँ जम्मा सदर मत २७ हजार ३७२ थियो ।

  • ७ मंसिर २०७९, बुधबार ११:१० प्रकाशित